गाउँ-घर सफा राख्नको लागि वार्ड पार्षदद्वारा नयाँ पहल

सिलगढी: सिलगढी नगरनिगमको 37 नम्बर वार्ड पार्षद रञ्जन शील शर्माले आफ्नो वार्ड क्षेत्रलाई सफा राख्नको साथै नागरिकहरूलाई जागरुक गर्ने उदेश्य लिएर आज दिउँसो माइकिङ्ग गरे। गत 2 दिसम्बरदेखि वार्डवासीलाई जागरूक गर्नको लागि उक्त वार्डका विभिन्न इलाकाहरूमा लागातार माइकिङ्ग तथा पोस्टरहरू लगाइने कार्यहरू भइरहेको छ। तिनको उक्त परियोजनालाई सफल बनाउनको लागि बिहिबार बिहान घोघोमाली बजार ईलाकामा पोस्टर टाँसियो। यस अवसरमा रञ्जन शील शर्माले वार्डवासीहरूलाई घरको मैला-कुचैलाहरू मैला बोक्ने वाहनमा नै फ्याँक्ने आवेदन गर्नको साथै उक्त अभियान सात दिनसम्म चलाउने भएको बताए। यस अभियानपछि पनि कसैले आफ्नो घर नजिकका नालीमा मैला फ्याँके तिनीहरू विरूद्ध नगरनिगमले कड़ा कार्वाही गरिने भएको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.