गोजमुमोद्वारा सुषमा स्वराजको निधनमा शोक प्रकट

सिलगढी : गोर्खाहरूको जनआकांक्षा, जातीय मुक्ति र संघर्षको एउटै मात्र विकल्प छुट्टै राज्य गोर्खाल्याण्ड निर्माणको राष्ट्रिय स्तरकी पक्षधर नेत्री श्रीमती सुषमा स्वराजको निधनको खबरले आफूहरूलाई आहत बनाएको तथा यस दुखद घड़ीमा उनीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु भनी गोजमुमो अध्यक्ष विनय तामाङले एउटा जारी विज्ञप्तिमार्फत् बताएका छन्। उक्त जारी विज्ञप्तिमा तिनले सुषमा स्वराजको निधन भारतीय राजनीतिको लागि मात्रै अपूरणीय क्षति नभएर आफूहरूको राष्ट्रिय चिन्हारी र अस्मिताको लागि संघर्षरत गोर्खाहरूको निम्ति पनि ठुलो क्षति हो। गोर्खाल्याण्ड आन्दोलनको एकजना दह्रिलो नैतिक समर्थकलाई आफूहरूले गुमाएको विनय तामाङले उल्लेख गरेका छन्।


यसैगरी, गोजमुमो भूमिगत अध्यक्ष विमल गुरूङले पनि भाजपा नेत्री सुषमा स्वराजको निधनमा गहिरो शोक व्यक्त गर्दै एउटा विज्ञप्ति जारी गरेका छन्। तिनले उक्त विज्ञप्तिमा सुषमा स्वराजको निधन हुनु गोर्खाहरूको निम्ति पनि ठुलो क्षति हो भन्दै तिनको आत्मशान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन्।  


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.