गोजमुमो र हाम्रो पार्टीको गठबन्धनले तकदाह ग्लेनवर्ण समष्टिमा पञ्चायत चुनाउ लड्ने

दार्जिलिङ : तकदाह ग्लेनवर्ण समष्टिमा हाम्रो पार्टी र गोर्खा जनमुक्ति मोर्चाको गठबन्धनले आगामी पञ्चायत चुनाउ लड्ने निर्णय लिएको छ। तकदाह स्कूलको सार्वजनिक भवनमा आज हाम्रो पार्टी र गोर्खा जनमुक्ति मोर्चाको संयुक्त बैठक सम्पन्न भयो। उक्त बैठकमा दुवै हाम्रो पार्टी अनि गोर्खा जनमुक्ति मोर्चाका नेतृत्वहरूको उपस्थित रहेको थियो। लगभग दुई घण्टाभन्दा धेर लामो समयसम्म चलेको बैठक पछि हाम्रो पार्टीको सभासद सन्नी बम्जनले आगामी दिनमा सम्पन्न हुने पञ्चायत चुनाउमा तकदाह ग्लेनवर्ण समष्टिमा हाम्रो पार्टी र गोजमुमोले बठबन्धन भएर चुनावी मैदानमा ओर्लिनेछ भन्ने जानकारी दिएका छन्। तिनले अझ भने, तकदाह ग्लेनवर्ण समष्टिमा गोजमुमोको राम्रो दखल रहेको छ, त्यसरी नै हाम्रो पार्टीको पनि दखल राम्रो छ। त्यसकारण तकदाह ग्लेनवर्ण समष्टिमा हाम्रो पार्टी र गोजमुमो एक भए कुनै पनि चुनाउ सजिलैसँग जित्न सक्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *