गोपालपुर कमानमा अज्ञात महिलाको शव उद्धार

अलीपुरद्वार: अलीपुरद्वार जिल्लाको मदारीहाट-बीरपाड़ा ब्लक अन्तर्गत पर्ने गोपालपुर चियाकमानमा एकजना महिलाको निर्वस्त्र अवस्थामा शव उद्धार भएपछि आतङ्क मच्चिएको छ। मृतक महिलाको खबर लेखिन्जेलसम्म चिन्हित हुन सकेको छैन। प्राप्त जानकारी अनुसार चियाकमानमा काम गरिरहेका श्रमिकहरूले डिभीजन लाइनको निकासी नालामा उक्त महिलाको शव निर्वस्त्र अवस्थामा भेट्टाइए। मृतक महिलाको अनुमानित उमेर 40 वर्ष बताइएको छ। तिनको टाउकोमा चोटको निशानहरू रहेको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेपछि शवलाई उद्धार गरेर पोस्टमर्टमको लागि पठाई दिएको छ। घटनाबारे छानबिन शुरू गर्नको साथै शवलाई चिन्हित गर्ने प्रयास भइरहेको पुलिस सूत्रले जनाएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.