गोरामुमो दिल्ली शाखा प्रतिनिधि टोलीको सांसद विष्टसँग बैठक

नयाँ दिल्ली: गोरामुमो दिल्ली शाखा एउटा टोलीले हिजो दार्जिलिङका सांसद राजु बिष्टसँग वोईस्टन कोट सांसद कार्यालय दिल्लीमा बैठक बस्यो । बैठकमा टोलीका सदस्यहरूले दार्जिलिङ ,तराई अनि डुवर्सको निम्ति स्थायी राजनैतिक समाधान चाँडोभन्दा चाँडो गरिदियाजोस् भनी सांसद विष्टलाई ज्ञापनपत्र बुझाए।  दिल्लीमा भएको गोर्खाहरुको विभिन्न समस्याहरु लिएर बैठक अवधि प्रतिनिधि टोलीले सांसदलाई जनाएको बताइएको छ। लोकसभा शीतकालिन सत्रमा स्थायी राजनैतिक समाधानको निम्ति आवाज उठाएकोमा सांसद राजु बिष्टलाई धन्यवाद दिँदै चाँडै नै आफुहरूको माग पूरा हुने गोरामुमो दिल्ली शाखाले बिश्वास व्यक्त गरेको छ।


यसबारे गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन् । हिजोको गोरामुमो दिल्ली प्रतिनिधि टोलीमा दिल्ली शाखाका अध्यक्ष रुद्र गुरुङ, सचिव प्रणय प्रधान, दिल्ली शाखा नारी संगठन उपाध्यक्ष द्वारिका शाह, अञ्जली राई अनि दिल्ली शाखाका प्रतिनिधिहरु उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.