गोरामुमोको सांगठनिक सभा सम्पन्न

दार्जिलिङ: गोरामुमो घुम जोरबङ्लो समष्टि अन्तर्गत बतासे स्कुल डाँडा वार्ड नम्बर 2 र 4 लाई लिएर सांगठनिक सभाको आयोजना गरियो । गोरामुमो केन्द्रीय कार्यालय प्रवक्ता वाई लामाको प्रमुख अतिथिमा बसेको सांगठनिक सभालाई गोरामुमो दार्जिलिङ टाउन कमिटीका प्रवक्ता प्रियंका राईले सञ्चालन गरेकी थिइन्। सभामा पहाड़को वर्तमान राजनीतिक परिस्थिति तथा पार्टीको सांगठनिक गतिविधि बारेमा व्यापक चर्चा गरियो। सभामा गोरामुमो जनचेतना संघर्ष समितिका अध्यक्षा मन्जिला तामाङ, घुम जोरबङ्लो समष्टिका सभापति संजय छेत्री, दार्जिलिङ शाखाका प्रवक्ता प्रभास्कर ब्लोन लगायत स्थानीय पार्टी समर्थकहरू उपस्थित थिए ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.