दार्जिलिङ : गोरामुमो अध्यक्ष मन घिसिङले आफ्नो जनसम्पर्क अभियान जारी राखेका छन्। यसै क्रममा आज जनसम्पर्क अभियानको चौथो दिन रिम्बिक-लोधोमा समष्टि अन्तर्गत पर्ने सामसु, अप्पर सामसु, लोअर सामसु, बिहिबारे, गुम्बाटार, लङ्गुरदान, दाङ्गिया, रेलिङ स्कुल लाइन आदिको परिभ्रमण गर्नको साथै त्यहाँका सबै मानिसहरूसित भेट गरेर कुराकानी गरे। यस अवधि तिनलाई स्थानीय मानिसहरूले भव्य स्वागत जनाउँदै आफूहरूले भोग्दै आइरहेको कतिपय समस्याहरूबारे अवगत गराए। यसैगरी, तिनले आज चौथो दिन सुकिया-मानेभञ्ज्याङ समष्टिमा पनि जनसम्पर्क अभियान चलाए। यहाँ तिनले गत 1986-को गोर्खाल्याण्ड आन्दोलनकालमा शहीद भएका सुनील राई अनि 2017-मा शहीद भएका महेश गुरूङको परिवारका सदस्यहरूसँग भेट गरेर भलाकुसारी गरे।