गोरामुमो प्रतिनिधि टोलीद्वारा सांसद राजु विष्टलाई ज्ञापन

दार्जिलिङ : गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको श्रमिक संगठन एचपीडब्ल्युयू केन्द्रीय कार्यकारिणीको एउटा प्रतिनिधि टोलीका सदस्यहरूले दार्जीलिङका सांसद राजु विष्टसँग भेट गरे। उक्त भेट अवधि सांसद विष्टसँग प्रतिनिधि टोलीका सदस्यहरूले चियाश्रमिकहरूको विषयमा ५ सुत्रीय विभिन्न मागहरू लिएर चर्चा गर्नको साथै यसबारे एउटा ज्ञापनपत्र समेत चढाएको गोरामुमो पार्टी सूत्रले जनाएको छ। भेट गर्ने टोलीमा गोरामुमो संगठनका कार्यकारिणी अध्यक्ष डीके गुरुङ, महासचिव एसके लामा, सचिव धीरज राई अनि संगठनका प्रमुख सल्लाहकार बीके राई उपस्थित थिए ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.