गोरामुमो टाउन कमिटीद्वारा गरिबहरूलाई कम्बल वितरण

दार्जिलिङ : दार्जिलिङ सहरका असहाय गरिब मानिसहरूको निम्ति गोरामुमो टाउन कमिटी अघि आएको छ। गोरामुमो दार्जिलिङ शाखा टाउन कमिटीले सहरभित्र रहेका कतिपय स्थानहरूमा निरीक्षण गरेर घरबारविहीन बजारको गल्लीहरूमा सुत्ने गरिब मानिसहरूलाई कम्बल वितरण गरे। विगत केही दिनअघि दार्जिलिङ गोरामुमो टाउन कमिटीका सदस्यहरू साँझको समय परिभ्रमण गर्दा धेरैजना घरबारविहीनहरू जाड़ोमा कम्बलबिनै सतिरहेको अवस्थामा भेट्टाएपछि तिनीहरूको सहयोगको निम्ति अघि आएको पार्टी सूत्रले जानकारी दिएको छ।


महासचिव गोपाल परियारले दिएको जानकारीअनुसार दार्जिलिङ शाखा टाउन कमिटीका सदस्यहरूबाट आर्थिक सङ्कलन गरेर यी असहाय गरिबहरूलाई कम्बल वितरण गरेको हो। यसमा कुनै राजनीति नरहेको तिनले बताए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.