गृहिणीको अस्वाभाविक मृत्यु, आक्रोशित गाउँलेहरूले गरे घर तोडफोड

सिलगढी : सिलगढीको अशोकनगरमा एउटी गृहिणीको अस्वाभाविक मृत्यु भएको घटनालाई लिएर आक्रोशित भएका मानिसहरूले तिनको ससुराली घरमा तोडफोड गरे। सुदीप्ता दास दत्तको सोमबार दिउँसो घरको छतबाट तल झरेर मृत्यु भएको थियो। यस सम्बन्धमा मृत महिलाको परिवारका सदस्यहरूले एनजेपी थानामा प्राथमिकी दर्ता गराइएको थियो। अभियोगको आधारमा एनजेपी पुलिसले मृतकको पतिलाई हिरासतमा लिएको छ। अर्कोतिर, मृतक गृहिणीको शव आज साँझ ससुरालमा ल्याएपछि स्थानीय मानिसहरूले उक्त घर तोडफोड गरे। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर परिस्थितिलाई नियन्त्रणमा ल्याएको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.