जीटीए अन्तर विद्यालय क्विज प्रतियोगिता सम्पन्न

दार्जिलिङ : जीटीए स्पोर्ट्स एन्ड युथ अफेयर्सको आयोजनामा मुख बन्द काम शुरू ट्रस्ट-द्वारा जीटीए इन्टर-स्कुल क्विज प्रतियोगिता-2019 सम्पन्न भयो। क्षेत्रीय तथा जीटीए स्तरमा आयोजित उक्त प्रतियोगितामा मोठ 50 वटा स्कुलका विद्यार्थीहरूले अंश ग्रहण गरेका थिए। क्षेत्रीय स्तरको क्विज प्रतियोगिता सेन्ट रोबर्ट्स स्कुल, सेन्ट अलफोनसस स्कुल र मारवाड़ प्यालेसमा आयोजित गरियो। मुख बन्द काम शुरू ट्रस्टका सचिव ए प्रधानले बताएअनुसार 3 घण्टासम्म चलेको उक्त प्रतियोगितामा सेन्ट जोसफ स्कुल प्रथम, डा. ग्राहम्स होम्स दोस्रो अनि सेन्ट अगस्टिन्स स्कुलले तेस्रो स्थान हासिल गर्यो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.