कालचिनी : सडकको निमार्ण कार्य उचित ढङ्गले नगरेको आरोप लगाउँदै स्थानीय मानिसहरूले काम बन्द गराए। प्राप्त जानकारीअनुसार जिल्ला परिषदको तर्फबाट हाल कालचिनी ब्लकको हेमिल्टनगञ्जस्थित रवीन्द्रनगरदेखि युनियन एकाडेमीसम्म सडक निर्माण कार्य भइरहेको छ। ठेकेदारले निम्न स्तरका सामग्रीहरू प्रयोग गरिरहेको स्थानीय मानिसहरूले आरोप लगाउँदै सडक निमार्ण कार्य उचित ढङ्गले गर्ने माग गरेका छन्। अर्कोतिर, यस सम्बन्धमा ठेकेदार गौतम सरकारले इञ्जीनियरको सल्लाहअनुसार काम गरिरहेको दावी गरेका छन्।