हाँसीमारामा आगो लाग्दा तीनजनाको मृत्यु

कालचिनी : अलिपुरद्वार जिल्लाको हाँसीमारा एमईएस चौपथी इलाकामा गत राति एउटा घरमा आगलागी हुँदा परिवारका तीनजना सदस्यको मर्माहित मृत्यु भएको छ। उक्त आगलागीमा दिलीप बर्मनको स्वास्नी गीता बर्मन, 11 वर्षीय छोरी सुस्मिता बर्मन र 2 वर्षीय छोरा दीपु बर्मनको विभत्स मृत्यु भएको छ। प्राप्त जानकारीअनुसार हाँसीमारा एमईएस चौपथी इलाकामा निवासी दिलीप बर्मनको घरमा गत राति अचानक आगो लागेपछि दिलीप बर्मनको स्वास्नी र दुईजना नानीहरू घरबाट निस्कन नसक्दा तिनीहरूको आगोको चपेटमा परेर मृत्यु भएको बताइएको छ।


स्थानीय मानिसहरूले यसबारे हासीमारा दमकल विभागलाई खबर दिएपछि दमकल कर्मी घटनास्थलमा पुगेर लगभग तीन घण्टा प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइए तापनि तीनजनाको ज्यान जोगाउन सकिएन। घटनाबारे हाँसीमारा आउटपोस्ट पुलिसलाई जानकारी गराएपछि पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.