हात्तीको हमलामा वृद्धको मृत्यु

नक्सलबारी : नक्सलबारी थानाको तिराना सब डिभीजन अन्तर्गत पर्ने जाबरा टी स्टेटमा बिहिबार बिहान हात्तीको हमलामा एकजना वृद्ध व्यक्तिको मृत्यु भएको छ। मृतक जाबरा टी स्टेट निवासी 65 वर्षीय छमक लाल सिंहको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार छमक लाल सिंह गत राति खाना खाएर घरको बरन्डामा सुतेका थिए। आज बिहान तिनको बुहारीले पाकघर पछिल्तिर तिनको मृतदेह देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर फाँसीदेवा थाना पुलिस घटनास्थल पुगेर शवलाई उद्धार गरेर पोस्टमार्टमको लागि पठाइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.