हात्तीको हमलामा दोकानसहित 4 वटा घर क्षतिग्रस्त

बिन्नागुढी :  बिन्नागुढी ग्राम पञ्चायत अन्तर्गत पर्ने मराघाट चियाकमानको नयाँ लाइनमा हात्तीको हमलामा एउटा दोकानसहित श्रमिकहरूको 4 वटा घर क्षतिग्रस्त भएको छ। प्राप्त जानकारीअनुसार गत अबेर राति मराघाट चियाकमानको नयाँ लाइनमा एउटा हात्ती पसेर उत्पात मच्चाउनको साथै एउटा दोकानसहित 4 वटा श्रमिकहरूको घर भत्काइदिएको बताइएको छ। घटनाको खबर पाएर वन विभागका कर्मीहरू घटनास्थलमा पुगेर हात्तीलाई जङ्गलतिर लखेटे। ती पीडित श्रमिकहरूले उपयुक्त प्रमाणसहित आवेदन गरे वन विभागको तर्फबाट क्षतिपूर्ति दिने बिन्नागुढी वन विभाग सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *