हिल तराई डुवर्स चिया कमान श्रमिक संघद्वारा सिन्कोना श्रमिकहरूलाई समर्थन

दार्जिलिङ: सिन्कोनावासीहरूको पक्षमा हिल तराई डुवर्स चिया कमान श्रमिक संघ खडा भएको छ। सिन्कोना बगानमा कार्यरत डी ग्रुप श्रमिकहरूको पद बढोत्तरी हुनपर्छ भन्ने आदि जस्ता मागहरू लिएर गत केही दिन अघिदेखि सिन्कोना श्रमिकहरू आन्दोलनरत छन्। सिन्कोना श्रमिकहरूको उक्त आन्दोलनलाई होमा हैसे थप्न हाम्रो पार्टीको श्रमिक संगठन हिल तराई डुवर्स चिया कमान श्रमिक संघको कन्द्रीय अध्यक्ष डीके गुरूङ र केन्द्रीय उपाध्यक्ष थेबा तामाङ सिन्कोना कार्यलय पुगेर सिन्कोना बगानको निर्देशक कार्यलयअघि धरनामा बसेका श्रमिकहरूसित भेट गरे। हिल तराई डुवर्स चिया कमा श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले सिन्कोना श्रमिकहरूले उठाएको मागहरू न्यायोचित रहेको भन्दै श्रमिकहरूको मागलाई आफूहरूको पूर्ण समर्थन रहेको बताए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.