हुरीले घरहरू क्षतिग्रस्त

कालचिनी : गत राति हुरी बताससँगै आएको अधिक वर्षाले वीरपाड़ा- मदारीहाट ब्लक क्षेत्रमा निकै प्रभावित पारेको छ। हुरी बताससहित अधिक वर्षाको कारण यहाँको बिजुलीको खाँबाहरू ढलेपछि उक्त इलाकामा रातिदेखिनै सम्पूर्ण बिजुली परिसेवा ठप्प बन्न पुगेको छ। बिजुली परिसेवा बन्द भएपछि विभिन्न असुविधाहरूको सामना गर्नु परेको स्थानीय भुक्तभोगी मानिसहरूको गुनासो रहेको छ। यसको साथै गत राती आएको तीव्र आँधीहुरीले गर्दा यस क्षेत्रको केही ठाउँहरूमा रुखहरू ढ़लदा धेरैवटा घरहरू पनि क्षतिग्रस्त भएको जानकारी प्राप्त भएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.