इस्लामपुरमा नगर वाणिज्यिक कम्प्लेक्सको निर्माण कार्य

इस्लामपुर : इस्लामपुरमा निर्माण भइरहेको इस्लामपुर नगर वाणिज्यिक कम्प्लेक्समा यहाँका स्वनिर्भर समूहका सदस्यहरूले आफ्नो हस्त शिल्पको प्रदर्शनी गर्ने अवसर पाउने भएका छन्। प्राप्त जानकारीअनुसार इस्लामपुर नगरपालिकाले उक्त कम्प्लेक्सको निर्माण गर्नको लागि राज्य नगरपालिका कार्यालयबाट 4 करोड नगद राशि प्राप्त गरेको छ जसमध्ये 2.55 करोड रुपियाँ निर्माण कार्यको लागि उपयोग गरिसकेकोले गर्दा नगरपालिकाले अब बाँकी राशिको प्रतीक्षा गरिरहेको बताइएको छ। स्वनिर्भर समूहका सदस्यहरूलाई उत्पादित द्रव्यको प्रदर्शनी गर्नको लागि यस प्रकारको कम्प्लेक्सको आवश्यकता रहेकोले गर्दा यसबारे उच्च अधिकारीहरूलाई अवगत गराएपछि नगद राशिको आवण्टन गरेर कम्प्लेक्सको निर्माण कार्य शुरू गरिएको इस्लामपुर नगरपालिका अध्यक्ष कन्हैयालाल अग्रवालले बताए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.