जाम समस्याबाट निजात दिलाउन मन्त्री गौतम देव अघि आए

सिलगढी: सिलगढी सहरको मानिसहरूलाई जामको समस्याबाट निजात दिलाउने उद्देश्य लिएर राज्यका पर्यटन मन्त्री गौतम देव अघि आएका छन्। राज्यका पर्यटन मन्त्री गौतम देवले सडक किनारको फुटपाथमा अवैध रूपले दखल गरेर व्यवसाय गरिरहेका व्यापारीहरूलाई हटाइने तथा फुटपाथलाई दखल मुक्त गर्ने निर्देश दिएको छ। अर्कोतिर, मन्त्री गौतम देवले आफ्नो प्रचारको लागि यस प्रकारको कार्य गरिरहेको भन्दै सिलगढीका मेयर अशोक भट्टाचार्यले कटाक्ष कसेका छन्। यसको साथै नगरनिगमलाई यस विषयमा टाढा राखेर मन्त्री देवले देखावटी गरे तापनि यसबाट कुनै प्रकारको फाइदा नहुने मेयरले बताए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.