जिल्ला अस्पताल कर्तृपक्षविरुद्ध लापर्वाहीको आरोप

सिलगढी : सिलगढी जिल्ला अस्पतालका कर्तृपक्षविरुद्ध लापर्वाही गरेको अभियोग उठेको छ। लगभग एक घण्टा डाक्टर्स रूममा एकजना श्रमिक थुनामा परेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार केही दिनदेखि सिलगढी जिल्ला अस्पतालका डाक्टर्स रूममा मरम्मतीको कार्य चलिरहेको थियो। आज पनि त्यहाँ उक्त श्रमिकहरू काम गरिरहेका थिए। साँझ परेपछि अन्य श्रमिकहरू आआफ्नो घर गए तापनि टिकियापाड़ा निवासी 18 वर्षीय राकेश त्यहीँ काम गरिरहेका थिए। त्यस समय अस्पतालका कर्मचारीले डाक्टर्स रूममा ताला लगाएर गएपछि उक्त श्रमिक रूमभित्र नै बन्द भए। लगभग एक घण्टासम्म उक्त रूममा राकेश बन्द भएपछि तिनले अन्तमा चिच्याउन थालेपछि तिनको आवाज सुनेर अस्पतालका कर्मचारी त्यहाँ पुगेर डाक्टर्स रूमको ताला खोलेर तिनलाई बाहिर निकालेको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.