जोइन्ट फोरमद्वारा गेट मीटिङ

दार्जिलिङ : चियाश्रमिक संगठन जोइन्ट फोरमको तत्वावधानमा गोरामुमो श्रमिक संगठनले दार्जिलिङको मलट चियाबारी डिभिजन 1 र 2 एभन ग्रोपमा श्रमिकहरूको विभिन्न मागहरूलाई लिएर शुक्रबार चिया कारखानाअघि गेट मिटिङ्ग गर्यो। उक्त गेट मीटिङलाई सम्बोधन गर्दै गोरामुमो श्रमिक संगठनका नेता एसके लामाले यसपालीको पूजा बोनसको लागि बैठक दार्जिलिङमा नै गरिनुपर्ने माग राखे। तिनले उपस्थित श्रमिकहरूलाई सम्बोधन गर्दै न्यूनतम रोजदरको बील लोकसभामा पारित भएको जानकारी गराउँदै 27 सय क्यलोरीको हिसाबले कम्तीमा पनि 3 सय रुपियाँभन्दा अधिक हुनुपर्ने बताए। तिनले कतिपय राजनैतिक दलका नेताहरूले चियाश्रमिकहरूलाई लिएर राजनीति गरिरहेको आरोप लगाउँदै श्रमिकहरूको कुनै पार्टी तथा झण्डा हुँदैन भनी बताए।


यसैगरी, संगठनका सचिव धीरज राईले श्रमिकहरूले पाउने विभिन्न सुविधाहरूबारे जानकारी दिँदै यदि कुनै पनि चियाबारीमा पाउने सुबिधा प्राप्त नभएको खण्डमा सम्बन्धित संगठनले यसबारेमा केन्द्रीय नेतृत्वहरूलाई अवगत गराउनुपर्ने बताए। तिनले पहाडको जोइन्ट फोरमले गत वर्ष चियाश्रमिकहरूको बोनस अन्डर प्रोटेस्ट 15 प्रतिशत गरेर थापे तापनि यसपल्टको पूजा बोनस 20 प्रतिशतले दिनुपर्ने साथै बोनसको बैठक दार्जिलिङमा हुनुपर्ने कुरा दोहोर्‍याए। आजको गेट मिटिङ्गमा गोरामुमो श्रमिक संगठनका कार्यकारिणी महासचिव एसके लामा, सचिव धीरज राई, मन्जिल राई, मन्जिला तामाङ, रिता तामाङ, मलट शाखा संगठनका सभापति उमेश प्रधान, मलट गोरामुमो शाखा अध्यक्ष एसके छेत्री आदि प्रमुख रूपमा उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.