कालचिनीको राईमटङमा नेपाली भाषा मान्यता दिवस

आज 20 अगस्तको दिन देशभरि छरिएर बसेका भारतीय गोर्खाहरूको निम्ति एउटा महत्वपूर्ण दिनको रूपमा मानिन्छ। आजकै दिन अर्थात 20 अगस्त 1992-को दिन नेपाली भाषाले भारतीय संविधान अनुसार आठौँ अनुसुची अन्तर्गत मान्यता पाएकोले प्रत्येक वर्ष आजको दिनमा विभिन्न ठाउँहरूमा नेपाली भाषा मान्यता दिवस मनाइने गरिन्छ। अन्य विभिन्न ठाउँहरूमा झैँ कालचिनीको राईमटङमा पनि 27औँ नेपाली भाषा मान्यता दिवस भव्य रूपमा पालन गरियो। डुवर्स नेपाली साहित्य विकास समितिको आयोजनामा सम्पन्न भाषा मान्यता दिवस कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाषा आन्दोलनकारी तथा शिक्षाविद् डा. मोहन पी दाहाल उपस्थित थिए। यस बाहेक खरसाङ रेडियोको प्रमुख कार्यक्रम निष्पादक पारस चन्द्र आले लगायत बोर्ड चेयरम्यान मोहन शर्मा लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। यस अवसरमा वक्ताहरूले नेपाली भाषा मान्यताको निम्ति गरिएको आन्दोलनमा  अमुल्य योगदान पुर्याउने व्यक्तिहरूको स्मरण गराउँदै तिनीहरूको योगदानबारे विस्तृत रूपमा जानकारी दिए। यसको साथै भाषाले मान्यता पाएपछि यसबाट पाइने साहुलियत सुविधा आदि विषयमा पनि वक्ताहरूले प्रकाश पारे।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.