कलचिनीमा अज्ञात शव उद्धार

कालचिनी : कालचिनीमा अज्ञात व्यक्तिको शव उद्धार भएको छ। सोमबार बिहान स्थानीय मानिसहरूले कालचिनीको गोरे लाइनमा उक्त व्यक्तिका शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर कालचिनी पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाएको छ। कुनै वाहनले धक्का दिँदा उक्त व्यक्तिको मृत्यु भएको हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.