कालचिनीमा युवकले गरे आत्महत्या

कालचिनी : कालचिनीमा एकजना युवकले घाँटीमा पासो लगाएर आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। मृतक भौमिक शर्माको रूपमा चिन्हित भएको पुलिस सूत्रले जनाएको छ। प्राप्त जानकारीअनुसार कालचिनी थाना अन्तर्गत पर्ने दमनपुर बटतला इलाकामा बुधबार बिहान परिवारका सदस्यहरूले भौमिकलाई घाँटीमा पासो लगाएर झुण्डिरहेको अवस्थामा फेला पारेपछि यसबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाएको छ। परिवारका सदस्यहरूले बताएअनुसार भौमिक गत केही दिन अघिदेखि मानसिक रूपले अस्वस्थ्य थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.