कालेबुङको नोक डाँड़ा पर्यटक स्थलको जीटीए चेयरम्यानद्वारा उद्घाटन

कालेबुङ : विश्व पर्यटनको मानचित्रमा सामेल दार्जिलिङ पहाडमा अहिले पर्यटकहरूलाई अझ आकर्षित गर्नको लागि गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन मार्फत् विभिन्न परियोजनाहरू शुरू गरिएको छ। विशेष गरेर पहाडको चियाकमानहरू एकपछि अर्को गर्दै बन्द हुने अवस्थामा पुगेकोले गर्दा नै स्थानीय मानिसहरूको पनि पर्यटन व्यवसायप्रति रूचि बढ्दै गएको देखिन्छ।


यसै क्रममा जीटीए-द्वारा निर्माण गरिएको कालेबुङ जिल्लाको नोक डाँड़ा पर्यटन स्थलको आज एउटा भव्य कार्यक्रमबीच जीटीए बीओए चेयरम्यान अनित थापाले विधिवत उद्घाटन गरे। आज उद्घाटन गरिएको यस मनोरम पर्यटक स्थलको सबैभन्दा महत्वपूर्ण विशेषता यहाँको सुन्दर बोटिङ (नौका विहार) रहेको छ भने उक्त बोटिङ गर्न देशी-विदेशी पर्यटकहरू अधिक आकर्षित रहने सम्भावना व्यक्त गरिएको छ।  


 

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.