कालेबुङमा घर जलेर भष्म

कालेबुङ : कालेबुङको वार्ड नम्बर 13 स्थित प्रिमताम रोडमा आज बिहान एउटा घरमा आगो लागेर सम्पूर्ण घरसहित सर-समानहरू जलेर नष्ट भएको छ। प्राप्त जानकारीअनुसार उक्त घर पुरण प्रधानको रहेको थाहा लागेको छ। तिनको दुई तल्ले घरमा आज बिहान अचानक लागेको आगलागीमा घरको सम्पूर्ण सर-समान, आवश्यक कागजपत्र पूर्ण रूपले जलेर स्वाहा भएपछि परिवारका सदस्यहरू ठुलो सङ्कटमा परेका छन्।


उक्त आगलागीको सटीक कारण हालसम्म थाहा नलागे तापनि प्राथमिक छानबीनअनुसार सम्भवतः सर्ट सर्किटको कारणले हुनसक्ने अनुमान लगाइएको छ। उक्त आगलागीमा लाखौँ रुपियाँको क्षय क्षति भएको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.