कालो झण्डा देखाएर कसले गरे सांसद विष्टको विरोधमा प्रदर्शनी?

सिलगढी : दार्जिलिङको तकभरमा आज सांसद राजु विष्टलाई कालो झण्डा देखाएको समाचार प्राप्त भएको छ। प्राप्त जानकारीअनुसार सोमबार सांसद राजु विष्ट तकभर गइरहेको समय बाटोमै विनयपन्थी मोर्चाका सदस्यहरूले तिनलाई कालो झण्डा देखाएर गो ब्याक’ –को नारा लगाए। चुनाउ अघि तिनले जनतासित जुन वाचा गरेका थिए उक्त वाचालाई पुरा नगरेको तिनीहरूको आरोप रहेको छ। तकभरको बाटोमा रक्सी खाएर केही युवकहरूले विरोध प्रदर्शनी शुरू गरेको साथै यसको पछि तृणमूलको हात रहेको सांसद विष्टले आरोप लगाएका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.