कसैलाई दोषारोपण नगरी सबैको उन्नतिको निम्ति नवगठित पार्टीले कार्य गर्नेछ : अमर लामा

खरसाङ: नव गठित राजनीति दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा खरसाङको मन्टिभियट खेल मैदानमा आयोजित एउटा सभालाई सम्बोधन गर्दै दार्जिलिङका अधिवक्ता अमर लामाले अनित थापाको जाति अनि पार्टीप्रतिको सोँच अनि तिनको काम गराइलाई हेरेर आज पहाड़का सबै बुद्धिजीविहरू तिनको साथका आइरहेको बताए। कोरोनाको पहिलो माहामारीको समय जसरी एकजना असल प्रशासकको रूपमा अनित थापाले काम गरे सोही कामलाई हेरेर पनि अब सम्पूर्ण पहाड़ले अनित थापालाई साथ दिनुपर्ने भन्दै अब यस नव गठित दलले कसैलाई गाली नगरी, कसैलाई दोषारोपण नगरी सबैको उन्नतिको निम्ति कार्य गर्ने तिनले बताए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.