कश्मीर कलोनीबाट निखोज वृद्ध

सिलगढी : सिलगढीको वार्ड नम्बर 32 को कश्मीर कलोनी निवासी एकजना वृद्ध रामाधर महतो आइतबारदेखि निखोज भएका छन्। रामाधर महतो दिउँसो 1 बजीदेखि निखोज भएपछि परिवारका सदस्यहरूले सबैतिर तिनको खोजी गरे तापनि कुनै पत्तो नलागेको तिनीहरूले बताए। रामाधर महतोका छोरा विकास महतोले आफ्नो बाबु निखोज भएको बारे एनजेपी थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.