कवि सुजनहाङ कृत कविता सङ्ग्रह ठिमाह-को लोकार्पण

बिजनबारी: लामो समयदेखि साहित्यमा लागिपरेका साहित्यिक सर्जक सुजनहाङकृत पहिलो कविता सङ्ग्रह ठिमाहएउटा कार्यक्रमको साथमा विमोचन गरियो। स्थानीय रगीत रिसोर्टमा आयोजित कार्यक्रममा वरिपरिका साहित्यिक सर्जकहरुसँगै प्रतिभा प्रेरणा परिषदका सभापति मुक्तिनाथ शर्मा, प्रा. डा महेश दाहाल, कविहरु कर्ण विरहअमरजित सेङदेन, शरण खालिङ, युवराज छेत्री, राजकुमार तिमसिना लगायत साहित्य अनुरागीहरुको बिशेष रूपमा उपस्थिति रहेको थियो। जय कुमार राईद्वारा सञ्चालित कार्यक्रममा कविको परिचय कर्ण विरहले राखेका थिए भने पुस्तकबारेमा डा. महेश दाहाल तथा शरण खालिङले जानकरी गराए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.