केन्द्रको योजनाबारे ग्रामीणहरूलाई जानकारी

खोरीबारी : नक्सलबारी क्षेत्रको अटलमा ग्रामीणहरूलाई लिएर मंगलबार एउटा बैठक सम्पन्न भयो। उक्त बैठकमा केन्द्र सरकार जनकल्याणकारी योजना प्रसार कन्भेनर तथा दिल्लीका वक्ता राहुल कुमार शाह मुख्य रूपमा उपस्थित थिए। तिनले बैठकमा उपस्थित ग्रामीणहरूलाई केन्द्र प्रायोजित योजनाहरूको विषयमा विस्तृत रूपमा जानकारी गराउँदै ग्रामीणहरूको लागि केन्द्र सरकारद्वारा धेरैवटा योजनाहरू सञ्चालित गरिरहेको बताए। उक्त बैठकमा धेरैजना गाउँलेहरूले आफ्नो आवेदन जम्मा गरेको बताइएको छ। यस अवसरमा भाजपा टी वर्कर्स युनियनका केन्द्रीय कमिटी सदस्य उमाशंकर दुबे, बीटीडब्लुयुका क्षेत्रीय अध्यक्ष जेम्स खालको आदि उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.