खगेश्वर राय तृणमूलका नयाँ चेयरम्यान

राजगञ्जका विधायक खगेश्वर रायलाई जलपाइगढी जिल्ला तृणमूल कांग्रेसको नयाँ चेयरम्यानको रूपमा चयन गरिएको छ। पार्टी सुत्रले दिएको जानकारी अनुसार विधायक खगेश्वर राय कलकत्ताबाट फर्कनसाथ तिनलाई यो पदभार सुम्पिएको छ। यसैगरि तिनी शुक्रबार कलकत्ताबाट फर्किएपछि तृणमूल कांग्रेसका कार्यकर्ताहरूले तिनलाई फुलमाला लगाइदिएर भव्य स्वागत जनाए। यसको साथै तृणमूल नेता तथा कार्यकर्ताहरूले पार्टीको जिल्ला स्तरीय सभापति चयन भएकोमा तिनलाई हार्दिक बधाई दिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.