खोरीबारीमा जागरूकता अभियान

खोरीबारी : नानी चोरको अफवाहलाई केन्द्र गरेर नक्सलबारी ग्राम पञ्चायतको तर्फबाट अजमाबाद टी स्टेट-मा शनिबार एउटा जागरूकता अभियान कार्यक्रमको आयोजना गरियो। रोगी कल्याण समितिका चेयरम्यान विराज सरकारले बताएअनुसार उक्त क्षेत्रमा केही दिनदेखि नानी चोरीको अफवाहको कारण गाउँलेहरू चिन्तित साथै त्रासित बनेका छन्। यसैले गर्दा नै नक्सलबारी पञ्चायतको तर्फबाट जागरूकता अभियान कार्यक्रमको आयोजना गरेर मानिसहरूलाई यसबारे जागरूक गराइएको हो। उक्त जागरूकता अभियान कार्यक्रममा नक्सलबारी पञ्चायत प्रधान अरूण घोष, रूरल हस्पिटल नक्सलबारी रोगी कल्याण समितिका चेयरम्यान विराज सरकार, पञ्चायत सदस्य नारायण खेरियालगायत अन्य मानिसहरू उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.