खरसाङ फुटबल एसोसिएसनको पहिलो स्थापना दिवस पालन

खरसाङ : खरसाङ फुटबल एसोसिएसनको पहिलो स्थापना दिवस खरसाङको राज राजेस्वरी भवनमा सम्पन्न भयो। पहिलो स्थापना दिवसको कार्यक्रममा प्रमुख अतिथिको रुपमा अन्तर्राष्ट्रीय महिला फुटबल खेलाड़ी अञ्जु तामाङ उपस्थित थिइन्। कार्यक्रममा विशेष अतिथिको रुपमा वरिष्ठ खेल प्रेमी तथा समाज सेवक टीटी लामा, खरसाङ नगरपालिका उपाध्यक्ष सुवास प्रधान, महेन्द्र थापा, खरसाङ बडिबिल्डिङ एसोसिएसन, कराँते डोजो, सुतुरियो कराते, खरसाङ ब्याड्मिन्टन एसोसिएसन, प्रतिभा परिवारका प्रतिनिधिहरू उपस्थित थिए। यसको साथै खरसाङ फुटबल एसोसिएसनका सदस्य अनि खरसाङ गर्ल्स फुटबल टीमका खेलाडीहरू, विभिन्न संघ-संस्थाहरूका प्रतिनिधिहरू पनि उपस्थित थिए। गोमा सुब्बाद्वारा सञ्चालित यस कार्यक्रममा प्रतिभा परिवारका कलाकारहरूद्वारा स्वागत नृत्य प्रस्तुत गरियो। कार्यक्रममा एसोसिएसनका सचिव सुदीप राईले स्वागत सम्भाषण राख्दै एसोसिएसनलेको उपलब्धि साथै आयोजित गरिसकेका कार्यक्रमहरुबारे जानकारी गराए। अन्जु तामाङद्वारा युवाहरुलाई खेलप्रति सय प्रतिशत लगन अनि परिश्रम गरे आफुलाई असल खेलाड़ीका रूपमा परिणत गर्न सकिन्छ भन्दै युवाहरूलाई खेलप्रति आकर्षित गर्न प्रेरणादायी वक्तव्य राखिन्। विशिष्ट अतिथि टीटी लामा अनि नगरपालिका उपाध्यक्ष सुवास प्रधानले खेलकूद विषयमा आ-आफ्नो वक्तव्य राखे अनि खरसाङ फुटबल एसोसिएसनले आफ्नो एक वर्षको अवधिमा गरेको कार्यको प्रशंसा गरे। एसोसिएसनका उपाध्यक्ष अर्जुन शर्माले कार्यक्रममा धन्यवाद ज्ञापन गरे। कार्यक्रममा अन्तर्राष्ट्रिय फुटबल खेलाड़ी अञ्जु तामाङलाई साथै अन्य व्यक्तित्वहरूलाई खदा, माला लगाएर स्मृति चिन्ह प्रदान गरी सम्मान जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *