खरसाङमा एनआरसी अनि सीएए-को विरोधमा र्‍याली

खरसाङ : एनआरसी अनि सीएए-को विरोधमा आज दार्जिलिङ हिल तृणमूल कांग्रेसको तर्फबाट खरसाङमा एउटा र्‍यालीको आयोजना गरियो। उक्त र्‍याली खरसाङको टुरिस्ट लज नजिकबाट शुरू भएर बजार परिक्रमा गरेर राजमार्ग 55 पुगेर समापन गरियो। र्‍यालीमा दार्जिलिङ हिल तृणमूल कांग्रेसका प्रदीप प्रधान, आरिफ खान, सुनील प्रधानलगायत धेरै नेता तथा समर्थकहरू उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.