खरसाङमा तीन दिवसीय पर्यटन उत्सव मनाइने

खरसाङ : पर्यटनको क्षेत्रमा पहाड़का अरू ठाउँहरूभन्दा पछि परेको खरसाङ अहिले बिस्तारै पर्यटकहरूको नजरमा पर्दै जान थालेको छ। खरसाङको ऐतिहासिक, सामाजिक महत्वको एउटा बेग्लै पाटा रहेको छ। खरसाङको यस्तै पर्यटन साथै सामाजिक विकासको निम्ति आउँदो महिना 18, 19 र 20 अक्टोबरको दिन तीन दिवसीय पर्यटन उत्सव अति नै भव्य रूपमा सम्पन्न हुने भएको छ। आउँदो 2020-लाई लक्ष्य राखेर ‘डेस्टिनेशन खरसाङ-2020 ’ पर्यटन उत्सव खरसाङ टुरिजम् एण्ड सोसियल डेभलपमेन्ट सोसाइटीको आयोजनामा अनि जीटीए-को सहभागितामा सम्पन्न हुने बताइएको छ।
पर्यटन उत्सवलाई सफल बनाउनको निम्ति हिजो खरसाङको होटल कक्रेन प्लेसमा पहिलो सभा सम्पन्न भयो, जसमा खरसाङका जीटीए प्रशासनिक अधिकारीहरू, खरसाङ नगरपालिका, विशिष्ट व्यक्तिहरू उपस्थित थिए। यसवाहेक, सभामा जीटीएका अध्यक्ष अनित थापा, जीटीएका सदस्यद्वय श्रीमती अनु छेत्री प्रधान र श्रीमती जैतुन निशा, महकुमा अधिकारी देवाषिश चट्टोपाध्यय, एसडीपीओ पिनाकी दत्त, खरसाङ नगारपालिकाका अध्यक्ष कृष्ण लिम्बु, उपाध्यक्ष ब्रिगेन गुरूङ, हिमली बोर्डिङ स्कूलका डाइरेक्टर रबी सुब्बा, सेन्ट एनथोनीका प्रिन्सिपल चेतन तिवारी, नगरपार्षदहरु सुवास प्रधान, श्याम शेर्पा र रबिन तामाङ, नगरपालिकाका पूर्व अध्यक्ष समीरदीप ब्लोन, पूर्व नगरपार्षद पेमेन्द्र गुरूङ, मार्गरेटसहोप चियाबगानका सह प्रबन्धक साथै अन्य विशिष्ट महानुभवहरू पनि उपस्थित थिए। आयोजक पक्ष खरसाङ टुरिजम् एण्ड सोसियल डेभलपमेन्ट सोसाइटीका प्रतिनिधि छोपेल तेञ्जिङले संचालन गरेको सभामा सबैले आ-आफ्नो विचार प्रस्तुत गरेका थिए।



गत केही वर्षदेखि खरसाङमा निक्कै नामी दामी होटलहरू स्थापित भइरहेको साथै होम स्टेहरूको सङ्ख्या पनि बढ्दैको गएको देख्दा पर्यटन व्यवसाय यहाँ मौलाउने खुबै राम्रो सम्भावना रहेकोमा सबैले हर्ष प्रकट गरे। खरसाङलाई पर्यटनको मानचित्रभित्रमा समावेश गराउने बारेमा विचार-विमर्श गरियो। यस पर्यटन उत्सव ‘डेस्टिनेशन खरसाङ -2020’ को ब्राण्ड एम्बासेडर हिमाली बोर्डिङ स्कूलका डाइरेक्टर रबी सुब्बालाई चयन गरिएको छ। तिनी एकजना शिक्षाविद् साथै राष्ट्रिय अनि अन्तरराष्ट्रिय स्तरमा विभिन्न पुरस्कार साथै सम्मानहरूले सम्मानित भइसकेका प्रतिष्ठित व्यक्ति हुन्। यस पर्यटन उत्सवमा सबैले विशेष सहयोग पुर्याउने वचन दिएका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.