खरसाङ सहरमा पनि बन्द पूर्ण रूपले पालन

खरसाङ : चियाकमानका श्रमिकहरूको बोनस 20 प्रतिशत गरेर झट्टै दिने माग गर्दै सातवटा श्रमिक संगठनहरू जोइन्ट फोरमको तर्फबाट डाकिएको 12 घण्टा पहाड़ बन्द अवधि खरसाङ क्षेत्रमा पनि यसको प्रभाव देखियो। खरसाङ बजार चियाश्रमिकहरूको हितमा पूर्ण रूपमा बन्द रह्यो। खरसाङ बजारसँगै सम्पूर्ण गाड़ीहरू पनि बन्द अवधि ठप्प रह्यो। यसको साथै स्कुल, कलेज, दोकानपाटहरू पनि सबै बन्द रहेको देखियो। आज बिहान डीटीडीपीएलयु-को आयोजनामा खरसाङको मोटर स्ट्याण्टमा श्रमिकहरूलाई 20 प्रतिशत बोनसको माग गर्दै नारा जुलूसहरूको आयोजना गर्नको साथै श्रमिक नेताहरूले उक्त सभामा वक्तव्य पनि राखे।


पत्रकारहरूलाई सम्बोधन गर्दै डीटीडीपीएलयु केन्द्रीय समितिका सभापति करूणा गुरुङले यसपालीको बोनसको सभाहरूमा मालिकवर्ग केवल 15 प्रतिशतसम्म मात्रै दिन राजी भएको तर आफूहरूले 20 प्रतिशत बोनस दिनैपर्ने मागमा अडिग रहेर आज दार्जिलिङ पहाड़मा 12 घण्टा बन्द डाकेको बताइन्। आजको बन्द अवधि आवश्यकीय सेवाहरू जस्तै अस्पातालएम्बुलेन्सपरीक्षा दिने विद्यार्थीहरू, दुधको गाड़ीब्याङ्क आदिलाई छुट दिएको थियो। दशैँ अघि नै मालिकहरूले चियाश्रमिकहरूलाई 20 प्रतिशत दरले बोनस नदिए फेरि सबै श्रमिक संगठनहरू सभा बसेर आगामी कार्यक्रमहरूको निर्णय लिइने तिनले बताइन्।


अर्कोतिर, पहाड बन्दको असर सोनादा क्षेत्रमा पनि देखियो। यहाँ सबै दोकान पाटहरू बिहानैदेखि बन्द रहेको थियो भने बन्द अवधि गाड़ीहरूको आवात जावत पनि पूर्ण रूपले अचल रहेको थियो। सोनादा क्षेत्रमा बन्द सफल पार्न गोजमुमो नेता एवम् सोनादा पचेङ समष्टिका पूर्व सभासद महेन्द्र प्रधान सोनादा बजारमा आफ्ना कार्यकर्ताहरूको साथमा उपस्थित थिए। यसपछि पत्रकारहरूलाई सम्बोधन गर्दै पूर्व सभासद महेन्द्र प्रधानले आफूहरूले आज चियाश्रमिकहरूको लागि एक दिनको लागि बन्द डाकेकोले सबैले उक्त बन्दलाई सहयोग गरिदिने अपील गरे।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.