लाखौँ रुपियाँको अवैध काठ जफत

मालबजार : डुवर्सको चालसा रेञ्ज र एसएसबी 46औँ बटालियनले संयुक्त अभियान चलाएर विधानगर ग्राम पञ्चायत अन्तर्गत माथाचुलका डांगापाड़ा इलाकास्थित एउटा घरबाट लाखौँ रुपियाँको अवैध काठ जफत गरेको छ। प्राप्त जानकारी अनुसार गोप्य सूचनाको आधारमा चालसा रेञ्जको बीट अफिसर मनवर हुसैनको नेतृत्वमा एआरओ प्रणव दास, खरियाद वदर, बीट अफिसर दिलीप राय, एसएसबीका जवानहरू एवम् वनकर्मीहरूले अभियान चलाएर लाखौ रुपियाँको अवैध काठ जफत गरेको छ। तथापी, यस घटनामा कसैलाई पक्राउ नगरेको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.