ल्यान्ड लुजर कमिटीका सदस्यहरूद्वारा भोक हडताल शुरू

जलपाईगढी : स्थायी नोकरीको माग गर्दै जलपाईगढी ल्यान्ड लुजर कमिटीका सदस्यहरू मंगलबारदेखि भोक हडतालमा बसेका छन्। राज्य सरकारद्वारा विभिन्न प्रकल्प योजनाको निम्ति जलपाईगढी जिल्लाको विभिन्न ठाउँहरूमा कृषकहरूबाट तिनीहरूको जमीन राज्य सरकारले लिएपछि यसको बद्ली नोकरी तथा अन्य सहुलियत सुविधाहरू प्रदान गरिने घोषणा गरेको थियो। तथापि, राज्य सरकारले गरेको घोषणा आजसम्म पुरा नभएको साथै आफूहरूलाई आर्थिक समस्या आइपरेको कारण जमीनका मालिक कृषकहरूले विभिन्न माग लिएर मंगलबारदेखि भोक हडताल शुरू गर्न बाध्य बनेको बताइएको छ। जलपाईगढी जिल्लाको तत्कालीन बामफ्रन्ट सरकार अनि सत्तारूढ तृणमूलको शासनकालमा मिलाएर लगभग 5 सय परिवारले आफ्नो कृषि उत्पादन जमीन क्षतिपूर्ति पाउने आशामा विभिन्न प्रकल्पको लागि राज्य सरकारलाई सुम्पिएको थियो। हाल भूमिहीन बन्न पुगेका यी 60 जना जमीनदताहरूले जलपाईगढीमा भोक हडताल शुरू गरेका छन्। अर्कोतिर, मंगलबार जलपाईगढी ल्यान्ड लुजर कमिटीका केही सदस्यहरू आफूहरूको समस्यालाई लिएर यहाँको मिनी सचिवलाय उत्तरकन्यामा गएर सम्बबन्धि अधिकारीहरूसँग भेट गर्नको साथै ज्ञापन पत्र पनि सुम्पिएको बताइएको छ। उक्त भेटपछि जलपाईगढी ल्यान्ड लुजर कमिटीका सदस्यहरूले आफूहरूको समस्यालाई राज्यका मुख्यमन्त्रीले यथाशीघ्र समाधान गरिदिने आशा व्यक्त गरेका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.