लट्ठी चार्जको विरोधमा स्वास्थ्य कर्मीहरूद्वारा विरोध प्रदर्शन

अलिपुरद्वार : एएनएम अनि जीएनएम लगायत स्वास्थ्य कर्मचारीहरूमाथि कलकत्तामा बिहिबार राज्य प्रशासनद्वारा लट्ठीचार्ज गरेको विरोधमा जलपाइगढी तथा अलीपुर जिल्लाका विभिन्न ब्लकहरूमा शुक्रबार विक्षोभ प्रदर्शनी गरियो। यसको साथै यहाँका एएनएम, जीएनएम तथा स्वास्थ्य कर्मीहरूले घटनाको विरोध जनाउँदै हातमा प्ला कार्डहरू बोकेर काम-काज समेत स्थगित गरे।


यस अवसरमा विभिन्न ब्लकका महिला स्वास्थ्य कर्मचारीहरूले राज्यको प्रशासन विरूद्धमा आवाज उठाउनको साथै बिहिबार कलकत्तामा गरिएको लाट्ठी चार्ज घटनाको निन्दा गरे। स्मरण रहोस् जीएनएम र एएनएम महिला स्वास्थ्य कर्मचारीहरूले बिहिबार कलकत्तामा आफूहरूको विभिन्न समस्यालाई लिएर विक्षोभ प्रदर्शन गर्दा बंगाल पुलिसले लाट्ठी चार्ज गर्नको साथै धेरै स्वास्थ्य महिला कर्मचारीहरू घाइते भएको थियो।         


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.