लुगा व्यवसायीको दोकानमा चोरी

कुचबिहार : कुचबिहार शहरको भवानीगञ्ज बजारमा एकजना लुगा व्यवसायी राखालचन्द्र देबनाथको दोकानमा चोरी भएको घटनाले सनसनी मच्चिएको छ। पीड़ित राखालचन्द्रले बताए अनुसार सोमबार राति आफ्नो दोकान बन्द गरेर घर गएका थिए। बिहान सधै झै लगभग 10 बजे तिनी आफ्नो दोकान खोल्न आउँदा तिनले दोकानको ताला फुटाएर दोकानको क्यास बक्सबाट नगदी चोरी भएको थाहा पाए।


यस घटनाबारे व्यावसायी समितिलाई तिनले अवगत गराएपछि यसबारे समितिको पक्षबाट पुलिस थानालाई खबर दिएपछि घटनास्थलमा पुगेर पुलिसले जानकारी लिनको साथै घटनाको जाँच शुरू गरेको बताइएको छ। केहिदिन अघि पनि भवानीगञ्ज बजारमा चोरीको घटना घटेको व्यावसायीहरूको भनाई रहेको छ। भवानीगञ्ज कुचबिहार जिल्लाको सबैभन्दा ठुलो बजार रहेको अनि यसको अवस्था दिनदिनै बिग्रदै गएकोले स्थानीय मानिसहरूलगायत व्यवसायीहरू आतंकित बन्न पुगेका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.