मदारीहाटमा मनाइयो विश्व बाल अधिकार दिवस

अलिपुरद्वार : मदारीहाट वीरपाडा ब्लक पञ्चायत समितिको तर्फबाट आज विश्व बाल अधिकार दिवस मनाइयो। यस अवसरमा मदारीहाट बीडीओ अफिसबाट एउटा शोभायात्रा निकालिइयो। उक्त शोभायात्रामा विभिन्न विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए। उक्त शोभायात्राले मदारीहाटको विभिन्न इलाकाहरूको पथहरूको परिक्रमा गरे। यस शोभायात्रामा मदारीहाटका बीडीओ शरण तामाङ, मदारीहाट पञ्चायत समितिका अध्यक्ष रोहित विश्वकर्मालगायत धेरै संख्यामा मानिसहरू उपस्थित थिए। शोभायात्रापछि एउटा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरियो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.