महानन्दा ब्यारेजको पानीको विकल्प व्यवस्था गर्नुपर्ने माग

सिलगढी :  सिलगढी सहरमा पिउने पानीको विकल्प व्यवस्था के छ भन्नेबारे हालसम्म तुवाँलोमा नै रहेको देखिन्छ। यदि महानन्द ब्यारेजको मरमती नगरे कुनै पनि समय यहाँ ठुलो दुर्घटना हुन सक्नेछ। यसले गर्दा सिलगढी नगरनिगमलाई पिउने पानीको आपूर्ति गर्न पनि धेरै असुविधा पुग्ने बताइएको छ। यसैले उक्त महानन्द ब्यारेजको मरमतीको समय यसको विकल्पमा अन्य ठाउँबाट पानी वितरण गर्नुपर्ने आवश्यक देखिन्छ। जल आपूर्ति विभाग अधिकारीहरूले नगरनिगमका अधिकारीहरूसँग कम्तीमा पनि 15 दिनसम्म पानीको संरक्षण गरेर राख्नुपर्ने जसले गर्दा निर्माणको समयमा पनि लगातार पानीको आपूर्ति गर्न सक्ने बताए। मेयर अशोक भट्टाचार्यले चुनाउ अघि राजनैतिक फाइदा उठाउनको निम्ति यसप्रकारको कार्य गरेको बताए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.