भारतीय सिनेमाको महान अभिनेताहरूमध्ये एकजना बलीवुडका महानायक अमिताभ बच्चन हुन्। तिनलाई मनपराउनेहरू करोड़ौ छन् अनि तिनको फिल्महरूको पर्खाई प्रायः सबै दर्शकहरूले गर्ने गर्दछन्। तिनलाई उत्कृष्ट अभिनय एवम् फिल्महरूमा महत्वपूर्ण योगदानको निम्ति दादा साहब फाल्के अवार्ड-2018 द्वारा सम्मानित गरिने भएको केन्द्रिय मन्त्री प्रकाश जावड़ेकरले मंगलबार ट्वीटमार्फत् जनाएका छन्। 'महानायक अमिताभ बच्चन जसले 2 पिँढ़ीहरूलाई मनोरञ्जन अनि प्रेरणा दिएका छन्, त्यसैले दादा साहब फाल्के पुरस्कारको निम्ति सर्वसम्मतिले तिनलाई चयन गरेको प्रकाश जावड़ेकरले ट्वीटमार्फत् जनाए। तिनको यस ट्वीटपछि बिग बी-ले पनि म कृतज्ञ छु, परिपूर्ण, आभार अनि धन्यवाद... म केवल एकजना विनयपूर्ण, विनम्र अमिताभ बच्चन हो भनेर ट्वीट गरे।