माकपाका भूतपूर्व प्रधानलगायत 100 जना भाजपामा सामेल

कुचबिहार : तुफानगञ्ज महकुमाको सालबाड़ी-2 नम्बर ग्राम पञ्चायत अन्तर्गत माकपाका भूतपूर्व प्रधानलगायत मोठ एक सयजना मानिसहरू सोमबार भाजपामा सामेल भएका छन्। आज कुचबिहार जिल्ला भाजपा कार्यालयमा एउटा कार्यक्रमको माध्यमद्वारा सबैलाई भाजपामा सामेल गराइयो। कुचबिहार जिल्ला भाजपा अध्यक्षा मालती राभा रायले दलीय झण्डा प्रदान गरेर नयाँ सदस्यहरूलाई आफ्नो पार्टीमा स्वागत जनाइन्। जिल्ला अध्यक्षा मालती राभा रायले सालबाड़ी-2 नम्बर ग्राम पञ्चायतका भूतपूर्व प्रधान मनोरनञ्जन वारिया, पञ्चायत सदस्य अश्वनी कुमार बर्मन, अतुल बर्मनलगायत मोठ एक सयजना आज भाजपामा सामेल भएको बताइन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.