मालदा जिल्ला कांग्रेसको 135औँ स्थापना दिवस पालन

मालदा : मालदा जिल्ला कांग्रेसको तर्फबाट आज भारतीय राष्ट्रिय कांग्रेसको 135औँ स्थापना दिवस मनाइयो। यस अवसरमा आज दक्षिण मालदा केन्द्रका कांग्रेस सांसद अबु हासेम खान चौधरीले केक काटेर, कार्यकर्ताहरूले 135 वटा मोमबत्ती जलाएर साथै सेतो परेवा उड़ाएर स्थापना दिवस पालन गर्यो। चौधरीले देशभरि नै आज पार्टीको स्थापना दिवस मनाइरहेको बताए। यसै क्रममा मालदा जिल्ला कांग्रेसको तर्फबाट पनि कार्यक्रमको आयोजना गरेको हो। यस कार्यक्रममा दक्षिण मालदा केन्द्रका कांग्रेस सांसद अबु हासेम खान चौधरीलगायत जिल्ला कांग्रेस अध्यक्ष मोस्ताक आलम एवम् पार्टीका अन्य सदस्यहरू उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.