मालदामा पुलिससँगको संघर्षपछि तनाउ, 144 धारा लागू

मालदा : मालदाको रतुवामा सोमवार राति भएको हिंसापछि तनाउको स्थिति उत्पन्न हुनको साथै पुलिसले 19 जना दृष्कृतिहरूलाई पक्राउ गरेको छ। हालसम्म पनि स्थिति असामान्य बन्न पुगेको साथै सम्पूर्ण दोकान-पाट बन्द रहेको छ। दुर्घटना क्षेत्रमा मंगलवार बिहानैदेखि 144 धारा लागू गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत आइतवारको दिन वाहन दुर्घटनामा एकजनाको मृत्यु भएपछि उक्त घटनालाई लिएर सोमवार राति स्थानीय मानिसहरू उग्र बनेपछि पुलिस घटनास्थलमा पुग्दा तिनीहरूले पुलिसमाथि आक्रमण गर्नको साथै दुष्कृतिहरूले गोली चलाउनको साथै पुलिस थाना पनि तोड़फोड़ गरिएको बताइएको छ। यसपछि स्थितिलाई नियन्त्रणमा ल्याउनको लागि पुलिसले जवाबी कार्वाही गर्दै उक्त घटनामा सामेल रहेको आरोपमा हालसम्म 19 जना दुष्कृतिहरूलाई पक्राउ गरिसकेको बताइएको छ। स्थितिलाई सामान्य बनाइ राख्नको लागि यस क्षेत्रमा पुलिस बल तैनाथ गरिएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.