मामखोला दुर्घटनामा मर्ने दुई परिवारलाई मुख्यमन्त्रीले 2-2 लाख रुपियाँ सहयोग गर्ने

कालेबुङ : राष्ट्रिय राजमार्ग 10 अन्तर्गत भर्खरै केही दिन अघि अविरल परेको वर्षाले गर्दा सेभोक-रम्फू रेलवे परियोजना अन्तर्गत मामखोलामा भएको दुर्घटनामा प्राण गुमाउने दुईजना श्रमिकका परिवारलाई राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले 2-2 लाख रुपियाँको आर्थिक सहयोग दिइने भएको छ। उक्त दुर्घटनामा ज्यान गुमाउनेहरूमा राष्ट्रिय राजमार्ग 10 अन्तर्गत पर्ने तारखोलाका अरूण राई र मामखोलाका विकास तामाङ सामेल छन्। यसबारे कालेबुङका विधायक रूदेन सादा लेप्चाले जानकारी गराउँदै तिनले उक्त आर्थिक सहयोगको निम्ति मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीप्रति कृतज्ञता प्रकट गरेका छन्। यसको साथै हाल आफू कोलकाता भ्रमणमा रहेकोले दुर्घटनापछि घटनास्थलमा गएर निरीक्षण गर्न तथा पीडित परिवारसित भेट गर्न नसके तापनि कोलकाता भ्रमणबाट फर्किआएपछि पीडित परिवारका सदस्यहरूलाई भेटघाट गर्ने तिनले बताएका छन्। यसको साथै दुवै शोकाकुल परिवारप्रति तिनले हार्दिक समवेदना प्रकट गरेका छन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *