मन्त्री गौतम देवद्वारा नेताजी संघ पुजा पण्डालको उद्घाटन

खोरीबारी : खोरीबारी प्रखण्ड पीडब्ल्युडी नजिक नेताजी संघद्वारा आयोजित दुर्गापुजा पण्डालको पर्यटन मन्त्री गौतम देवले विधिवत् रूपमा उद्घाटन गरे। उक्त उद्घाटन समारोहमा पर्यटन मन्त्री गौतम देवले लुगाफाटा वितरण गर्नको साथै पर्यावरणलाई सन्तुलन बनाई राख्नको लागि एक-एकवटा रुखका विरुवा पनि वितरण गरे।


भव्य अनि आकर्षक पुजा पण्डालमा प्लास्टिकको प्रयोग नगर्ने विषयमा पनि तिनले जागरुकता फैलाए। यस अवसरमा हिरण्मय राय, सत्यकुमार सिंह लगायत धेरै संख्यामा मानिसहरू उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.