मन्त्री गौतम देव-को गीति एल्बमको टीजर रिलिज

सिलगढी : राज्यका पर्यटन मन्त्री गौतम देवलाई प्रायःजसो राजनीतिमा व्यस्त देखिने गरिन्छ। तर तिनले तनाउ कम्ती गर्न अथवा चुनाउ अघि चिन्ताबाट मुक्त हुन सङ्गीत सुन्ने गरेको बताइएको छ। तिनी रवीन्द्र सङ्गीत सुन्न अधिक मनपर्ने गरेकोले अब मन्त्री गौतम देवले आफ्नो आवाजमा गीत गाएको एलबम रिलीज गर्ने बताइएको छ। सौमित्र च्याटर्जीले उक्त एल्बममा रवि कविताहरूको पठन गर्ने भएका छन्। सिलगढीको मैनाक टुरिस्ट लजमा आज तिनको उक्त एल्बमको टीजर रिलिज गरियो। पुरा एल्बम आउँदो वर्ष 1 जनवरीमा रिलिज हुने बताइएको छ। गौतम देवले राज्यको विभिन्न ठाउँहरू लगायत मन्दिर, मस्जिद, चर्च र गुरुद्वाराहरूमा उक्त एल्बमको सुटिङ गरेका छन्। आजको कार्यक्रममा उत्तरबंग विश्वविद्यालयका कुलपति लगायत विभिन्न विश्वविद्यालय र कलेजका प्रोफेसरहरू, सांस्कृतिक जगतका केही मानिसहरू उपस्थित थिए। मुख्यमन्त्री ममता ब्यानर्जीले उक्त एल्बमको उद्घाटन गर्ने बताइएको छ। सङ्गीत र रवीन्द्रनाथप्रति तिनको भिन्नै प्रेम रहेको बताउँदै आफू गायक नरहेको बताए। मन्त्री देवले कोलकाताको सेन्ट जेवियर्स कलेजका शिक्षक अनिन्दय मजुमदारसँग सङ्गीत प्रशिक्षण लिन शुरू गरेको बताउँदै अभ्यास शुरू गरेपछि आफ्नो स्वरमा एउटा एल्बम बनाउने विचार गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *